नाष्ट कलेजमा अध्ययनरत विधार्थीहरुद्धारा असहाय बालबालीकालाई शैक्षीक सामग्री वितरण

नाष्ट कलेज धनगढीका विद्यार्थीहरुले असाय तथा आर्थिकरुपले विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन् । विद्याथीहरुको भविष्य उद्यमी क्लब (एफईसी) द्वारा नाष्टका विविए संकायमा अध्ययनरत विद्यार्थीहरुले कालिका आधारभूत विद्यालय बेलौरी कञ्चनपुरका ३७ जना बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका हुन् ।

सो कार्यक्रममा शिशु कक्षादेखि आठ कक्षाका विद्यार्थीहरुलाई झोला, कपि कलम, पेन्सिल, ज्यामेट्रि बक्स, कलर पेन्सिल लगायत स्किपिङ डोरी र सामान्य ज्ञानका किताबहरु हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा नाष्ट कलेजका प्रबन्ध निर्देशक शिवहरी शर्मा मुडभरी, कलेज प्रमुख प्रेम बहादुर चन्द, एफईसी का सल्लाहकार प्रेमराज जोशी, शंकरदत्त जोशी, महेश सिंह बडाल सहभागी भएका थिए ।

कार्यक्रममा बेलौरी नगरपालिका ८ का वडा अध्यक्ष विसराम राना, कालिका स्कृलका प्र.अ. लक्ष्मण प्रसाद रोकाया लगायत अन्य शिक्षकहरुकोपनि सहभागिता रहेको नाष्ट कलेजका सूचना विभागले जनाएको छ ।

...
...